मकवानपुरकी वाईबा पक्राउ

तु खबर संवाददाता
२०७८ चैत्र ५, शनिबार १०:००

चितवन । पल शाह प्रकरणमा कपोकल्पित अन्तरवार्ता दिएको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरी शर्मिला वाईबा रहेकी छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले चितवनबाट पक्राउ गरेको हो ।

वाइवामाथि पल शाह प्रकरणमा नायिका रेखा थापाविरुद्ध युट्युबमार्फत कपोकल्पित अन्तरवार्ता दिएको आरोप छ । नायिका थापाले दिएको उजुरीको आधारमा वाईबालाई पक्राउ गरेको प्र्रहरीले जनाएको छ । यसअघि पनि पल शाह प्रकरणसँग जोडेर नायिका रेखा थापाविरुद्ध बोलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ ।