विजयी मण्डलीको ५० औं महोत्सव सम्पन्न
मकवानपुर । मकवानपुरको पुरानो चर्च विजयी मण्डलीको ५० औं स्वर्ण महोत्सव सम्पन्न भएको छ । कार्यक्रम चर्चका संस्थापक अध्यक्ष मानबहादुर थिङको सभाध्यक्षता तथा एनसीएफ नेपालका अध्यक्ष हनोक तामाङको प्रमुख आतिथ्यतामा भएको हो ।
विजयी चर्चको प्राङ्गनमा भएको कार्यक्रममा महोत्सव सफल बनाउन सहयोग गर्ने र इसाई क्षेत्रमा योगदान पुर्याउने विभिन्न चर्चका पास्टर, अगुवा तथा सामाजिक अभियन्ताहरुलाई सम्मान गरिएको थियो ।

साथै सो क्रममा संस्थापक अध्यक्ष थिङको जिवनीमा आधारित पुस्तक समेत बिमोचन गरिएको थियो । कार्यक्रममा विभिन्न वक्ताहरूले मकवानपुरमा विजय चर्च र रेभरेन्ड पास्टर मानबहादुर थिङको जीवनीबाट नेपालका हरेक मण्डलीले प्रेरणा लिनुपर्ने धारणा राखेका छन् ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको उपमेयर मिना कुमारी लामा, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा एमाले हेटौंडा उपमहनगपालिकाका युवा इन्चार्ज सुनिल मोक्तान, हेटौंडा उपमहानगरपालिका– १५ का वडाध्यक्ष महारन्त लामा, सुन्दर नेपाल सरसफाई नेपालका प्रमुख बिरबहादुर तामाङ, मकवानपुर पास्टर यसोशियसनका अध्यक्ष दिपक भोलन, नेपाल पाष्टर महासंघ मकवानपुरका अध्यक्ष मोम लामा, मकवानपुर इसाई समाजका अध्यक्ष निमटोल्मा आचार्यलगायतको आथित्यता रहेको थियो ।
