समाचार
हेटौंडा–८ को वडा कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न माग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ । वडा कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न माग गर्दै वडा कार्यालय र वडावासीले आइतबार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रैमार्फत प्रजिअलाई ज्ञापनपत्र बुझाइएको हो । उक्त ज्ञापनपत्रमा गत...
९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप
काठमाडौं । नेपालमा हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, १८ वर्षमाथिको कूल जनसंख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो । यस्तै, पूर्ण मात्रा खोप लगाउनेको संख्या भने एक करोड...
दुर्घटनामा ट्याक्टर चालकको मृत्यु
बैतडी । बैतडीमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति बालुवा बोकेर मौराबाट फर्किरहेको सुपप्र ०१००–२ त ५५९८ नम्वरको ट्याक्टर दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्याक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन...
नेपाल आइडल सिजन–४ को उपाधि भूपेन्द्र थापा मगरलाई
काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन–४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले हात पारेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् । उपाधिसँगै भूपेन्द्रले ३० लाख रुपैयाँ नगद प्राप्त गरे । नेपाल आइडल सिजन–४...
पूर्व राष्ट्रिय महिला क्रिकेट खेलाडी गौतमलाई आर्थिक सहयोग
सउल, दक्षिण कोरिया । दक्षिण कोरियाको एकमात्र नेपाली क्रिकेट क्लब नेपाल राइनोले पूर्व राष्ट्रिय महिला क्रिकेट खेलाडी कविता गौतमलाई आर्थिक सहयोग गरेको छ । नेपाल राइनोका क्याप्टेन राज श्रेष्ठ र एनआरएनए कोरियाका सह–कोषाध्यक्ष सुनिल कन्दंगवा लिम्बुको पहलमा गौतमलाई सहयोग गरिएको हो । हेर्ने कथा युट्यूब च्यानल मार्फत् राष्ट्रिय खेलाडी...
नेपाल खेलकुद महासंघमा बुढाथोकीको नेतृत्व
मकवानपुर । नेकपा एकीकृत समाजवादी निकट नेपाल खेकलुद महासंघको अध्यक्षमा उमेश बुढाथोकी चयन भएका छन् । शनिबार सम्पन्न जिल्ला भेलाबाट बुढाथोकीको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कमिटी चयन गरिएको हो । कमिटीको उपाध्यक्ष भरतमोहन देवकोट र संगीता केसी, सचिवमा दीपेश कार्की, सहसचिवमा रेनु लामा र सुरेन्द्र थापा मगर, कोषाध्यक्ष बादल...
हेटौंडा ५ मा माओवादी केन्द्रको वडा प्रशिक्षण भेला, वाइसिएल गठन
मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नम्वर – ५ ले शनिवार वडा प्रशिक्षण भेला तथा वनभोज कार्यक्रम आयोजना गरेको छ । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी वडास्तरमा पार्टीका आम कार्यकताहरुलाई संगठीत गराउँदै लैजाने उद्देश्यका साथ प्रशिक्षण कार्यक्रम आयोजना गरिएको वडा कमिटीका अध्यक्ष देवनारायण लामिछाने भीमसेनले जानकारी...
प्रदेश पुरुष फुटबलको फाइनल खेल आज, मकवानपुर र ललितपुर भिड्दै
मकवानपुर । प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलको फाइनल खेल आज हुँदैछ । प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित क्याम्पा रंगशालामा जारी पुरुष फुटबलको फाइनल खेल आज हुने भएको हो । प्रदेश खेलकुद परिषद् बागमती प्रदेशको आयोजनामा जारी फुटबल प्रतियोगिताको आज हुने फाइनल खेलमा मकवानपुर...
नेपाली लेखक संघको आयोजनामा रचना बाचन
मकवानपुर । नेपाली लेखक संघ मकवानपुरले होली मिलन विशेष रचना बाचन कार्यक्रमको आयोजना गरेको छ । शनिबार मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा एक रचना बाचन तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । सङ्घका अध्यक्ष छवि अनित्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य हयग्रीव आचार्यको प्रमुख आतिथ्यता रहको थियो...
प्रगतिशील लेखक संघ मकवानपुरको अध्यक्षमा अधिकारी
मकवानपुर । प्रगतिशील लेखक संघ मकवानपुरको अध्यक्षमा श्रीराम अधिकारी चयन भएका छन् । संघको शनिबार हेटौंडामा भएको आठौँ अधिवेशनबाट अधिकारीको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । यस्तै, संघको उपाध्यक्षमा विशाल अधिकारी र सरस्वती तिमल्सिना, सचिवमा चिरञ्जीवी लामिछाने, सहसचिवमा लिला उर्वशी, कोषाध्यक्षमा विधान आचार्य चयन भएका छन् ।...










