समाचार

रुखको हाँगाले लागेर बालिकाको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रुखको हाँगाले लागेर एक बालिकाको मृत्यु भएको छ । आइतबार वीरेन्द्रनगर नगपालिका–१ मा रहेको कृष्ण सामुदायिक वनमा रुख काट्ने क्रममा रुखको हाँगा खसेर लाग्दा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृत्यु हुनेमा वीरेन्द्रनगर नगपालिका–१ की ११ वर्षीय सुन्तली हाराकोटी रहेका छन् ।...

माओवादीको प्रमुख सचेतकबाट निलम्बित विष्ट एमालेमा प्रवेश

काठमाडौं । नेकपा मओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतकबाट निलम्बित भएका ठम्मरबहादुर विष्ट नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको कर्णाली प्रदेश सचेतकबाट निलम्वित भएसँगै विष्ट एमालेमा प्रवेश गरेका हुन् । उनलाई नेकपा एमालेले आइतबार वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश...

हेटौंडाको महिला जागरण समूहलाई पंखा सहयोग

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित महिला जागरण अभियान समूहलाई पंखा सहयोग गरिएको छ । समूहलाई नेपाली कांग्रेसका युवा नेताद्वय प्रतातकुमार दाहाल र राजेश बानियाँले आधा दर्जन पंखा सहयोग गरेका हुन् । युवा नेताद्वय दाहाल र बानियाँले आइतबार महिला समूहको कार्यालयमा पुगेर उक्त पंखा हस्तान्तरण गरेका हुन्...

नेकपा एमालेको पोलिट्ब्यूरो बैठक सोमबार बस्दै

काठमाडौं । नेकपा एमालेको पोलिट्ब्यूरो कमिटीको बैठक सोमबार बस्ने भएको छ । बैठक सोमबार दिउँसो ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्ने गरी बोलाइएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार, भोलि बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुनेछ । पोलिट्व्यूरो...

जग्गा बैना गरी ठगी गरेको आरोपमा घिमिरे पक्राउ

काठमाडौं । जग्गा बैना गरी ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–३ घर भई हाल काभ्रेको धुलीखेलमा बस्दै आएका ४९ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन् । घिमिरेलाई शुक्रबार साँझ ६ः३० बजे दरवारमार्गबाट महाशाखाबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो...

आइतबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । गत साताको शुक्रबार १९ अंकले घटेर बन्द भएको शेयर बजार आज १४ दशमलव ६७ अंकले घटेर २ हजार ६१६ दशमलव ५८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ४२ लाख ८७ हजार ५६९ कित्ता शेयर किनबेच...

देशभरका ४०६१ जनाको नमुना परीक्षण गर्दा ३७ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप ३७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ४ हजार ६१ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ७ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा...

ब्यान्ड च्याम्पियनको टप १० मा हेटौंडाको द इन्फेरियोर ब्यान्ड

मकवानपुर । ब्यान्ड च्याम्पियन नेपालको प्रतियोगितामा हेटौंडालाई प्रतिनिधित्व गर्दै द इन्फेरियोर ब्यान्ड टप १० मा पुगेको छ । करिब २ वर्ष अगाडि सुरु गरिएको ब्यान्ड च्याम्पियन बिचमा कोभिड–१९ ले गर्दा कार्यक्रमलाई निरन्तरता दिन सकिएको थिएन । तर, अब सम्भवतः चैत्रको दोस्रो हप्तादेखि एपि वान टेलिभिजनबाट प्रसारणमा आउने भनिएको छ...

कांग्रेस बागमतीको कार्यसमिति सदस्यमा मकवानपुरका प्रजासहित १६ जना मनोनित

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्यमा १६ जना मनोनित भएका छन् । कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आइतबार मकवानपुरका सन्तबहादुर प्रजासहित १६ जनालाई कार्यसमिति सदस्यमा मनोनयन गरेका हुन् । सभापति बानियाँले विधानको धारा १३ (६) को झ बमोजिम उनीहरुलाई कार्यसमिति सदस्यमा मनोनयन गरेको कांग्रेस बागमती प्रदेश...

हेटौंडाका एक युवक प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ डेरा गरी बस्ने २१ वर्षीय अजय गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । शनिबार विशेष सूचनाको...