नेकपा एमालेको पोलिट्ब्यूरो बैठक सोमबार बस्दै

तु खबर संवाददाता
२०७८ चैत्र ६, आईतवार १७:३८
file-photo

काठमाडौं । नेकपा एमालेको पोलिट्ब्यूरो कमिटीको बैठक सोमबार बस्ने भएको छ । बैठक सोमबार दिउँसो ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्ने गरी बोलाइएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनका अनुसार, भोलि बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुनेछ । पोलिट्व्यूरो कमिटीमा १९ जना पदाधिकारी, २६ जना स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन् ।

त्यस्तै एमालेको केन्द्रीय कमिटीको बैठक चैत्र ९ र १० गते र स्थायी कमिटी बैठक चैत्र १३ गते बस्ने प्रचार विभाग प्रमुख रिजालले बताए ।