जग्गा बैना गरी ठगी गरेको आरोपमा घिमिरे पक्राउ

तु खबर संवाददाता
२०७८ चैत्र ६, आईतवार १७:२७

काठमाडौं । जग्गा बैना गरी ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–३ घर भई हाल काभ्रेको धुलीखेलमा बस्दै आएका ४९ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन् ।

घिमिरेलाई शुक्रबार साँझ ६ः३० बजे दरवारमार्गबाट महाशाखाबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाएको जनाइएको छ ।