हेटौंडाको महिला जागरण समूहलाई पंखा सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित महिला जागरण अभियान समूहलाई पंखा सहयोग गरिएको छ । समूहलाई नेपाली कांग्रेसका युवा नेताद्वय प्रतातकुमार दाहाल र राजेश बानियाँले आधा दर्जन पंखा सहयोग गरेका हुन् ।
युवा नेताद्वय दाहाल र बानियाँले आइतबार महिला समूहको कार्यालयमा पुगेर उक्त पंखा हस्तान्तरण गरेका हुन् । पंखा हस्तान्तरणको क्रममा हेटौंडा–५ का वडाध्यक्ष तथा नेपाली कांग्रेस क्षेत्रीय सभापति बानियाँ र कांग्रेस महासमिति सदस्य दाहालले समूहलाई पंखा सहयोग गर्नुपाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।
उनीहरुले महिला अधिकारको रक्षा र आत्मनिर्भर बनाउनका लागि आ–आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताएका हुन् । पंखा हस्तान्तरण कार्यक्रममा हेटौंडा–१५ का वडा अध्यक्ष महारत्न लामाको उपस्थित थियो ।
