प्रगतिशील लेखक संघ मकवानपुरको अध्यक्षमा अधिकारी
मकवानपुर । प्रगतिशील लेखक संघ मकवानपुरको अध्यक्षमा श्रीराम अधिकारी चयन भएका छन् । संघको शनिबार हेटौंडामा भएको आठौँ अधिवेशनबाट अधिकारीको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
यस्तै, संघको उपाध्यक्षमा विशाल अधिकारी र सरस्वती तिमल्सिना, सचिवमा चिरञ्जीवी लामिछाने, सहसचिवमा लिला उर्वशी, कोषाध्यक्षमा विधान आचार्य चयन भएका छन् । यगैगरी सदस्यहरुमा क्रमशः मीना श्रेष्ठ, कैलाश धिताल, सूर्यबहादुर गोले, अरुण थिङ र विक्रम घलान रहेका छन् ।
प्रगतिशील लेखक संघ मकवानपुर अध्यक्ष शान्ति प्रियवन्दनाको अध्यक्षतामा भएको कार्यक्रम संघका केन्द्रीय महासचिव समीर सिंहको प्रमुख आतिथ्यतामा भएको हो । साथै उक्त कार्यक्रममा युद्धप्रसाद मिश्र स्मृति साहित्य पुरस्कार प्राध्यापक डाक्टर पशुपति तिमल्सिनालाई प्रदान गरिएको थियो ।
