पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

तु खबर संवाददाता
२०७८ चैत्र ४, शुक्रबार १७:४९
file-photo

काठमाडौं । जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । शुक्रबार (आज) अदालतले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाह भनिने पूर्णविक्रम शाहलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

यसअघि दिइएको ७ दिन र १२ दिनको समय अपुग भएपछि अदालतले अुसन्धानको लागि ५ दिनको अनुमति दिएको हो । शाहविरुद्ध नाबालिका गायिकामाथि पटक–पटक जबरजस्ती करणी र यौन दुव्र्यवहार गरेको आरोप छ । अभिनेता शाह गत फागुन १५ मा तनहुँबाट पक्राउ परेका थिए ।