थपिए ५१ कोरोना संक्रमित, भए ३९२ संक्रमणमुक्त

तु खबर संवाददाता
२०७८ चैत्र ४, शुक्रबार १७:३०
filr-photo

काठमाडौं । नेपालमा थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ९ सय १४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ५ सय ९२ जनाको पीसीआर र ३ हजार ३ सय २२ जनाको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । योसँगै देशभर ३ हजार ९९६ जना सक्रिय संक्रमित छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ३ सय ९२ जना संक्रमणमुक्त भएका छन् भने कुनै पनि व्यक्तिको निधन भएको छैन ।