होली खेल्ने क्रममा घरको छतबाट खसेर खड्काको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र ४, शुक्रबार १३:५९
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंमा होली खेल्ने क्रममा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको तारकेश्वर नगरपालिका–५ गोलढुंगास्थित हेमराज खड्काको घरमा डेरा गरी बस्ने ४३ वर्षीया डिवन कुमारी खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको छतबाट खसेर खड्का गम्भीर घाइते भएका थिए । घाइते उनको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बिहीबार साँझ ७ः३५ बजे मृत्यु भएको हो । यस्तै, होली खेल्ने क्रममा छतबाट खसेर घाइते भएकी ३८ वर्षीया अन्जु कार्की ग्रीन सिटी अस्पताल सामाखुसीमा उपचार भइरहेको छ ।