३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान
काठमाडौं । लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार दरखास्त आह्वान भएको लोकसेवाले जनाएको छ ।
आयोगले खुल्लामा १६५, महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगमा ७ र पिछडिएका क्षेत्रमा ५ सिटका लागि दरखास्त आह्वान गरेको हो । आवेदकले २२ चैत्रभित्र नियमित र २९ चैत्रभित्र दोब्बर दस्तुर तिरेर अनलाइनमार्फत् आवेदन दिन सकिनेछन् । १८ वर्ष पूरा भई ४५ ननाघेकाले आवेदन दिन पाउनेछन् ।
