दक्षिण कोरिया पठाईदिन्छु भनि ठगी गर्ने पक्राउ

तु खबर संवाददाता
२०७८ चैत्र १, मंगलवार १५:५३

काठमाडौं । दक्षिण कोरिया पठाईदिन्छु भनि ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक कोरियन नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका–७ लाहुरेटोल चावहिल बस्ने राहदानी नम्बर एम ८५५६६२२७ बाहक दक्षिण कोरियन नागरिक ७३ वर्षीय रे सि जङलाई काठमाडौं महानगरपालिका–३ महांकालबाट सोमबार पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–७ चावहिलस्थित ओके कन्सल्टेन्सीको संचालक हुँ भनि वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाईदिन्छु भनि पीडितबाट रकम लिएर नपठाई रकम ठगी गरेको भन्ने पीडितले दिएको जाहेरीको आधारमा उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको जनाइएको छ ।