एमालेको सचिवालय बैठक जारी
काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक जारी छ । बैठक पार्टीका अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको हो । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने नेताहरुले बताएका छन् ।
स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै चुनावी रणनीति बनाउन एमालेले केन्द्रीय कमिटी र स्थायी कमिटी र पोलिटब्युरो बैठक बोलाउने तयारी गरेको छ ।
