देशभर थपिए ८३ कोरोना संक्रमित, भए १३० जना संक्रमणमुक्त
काठमाडौं । देशभर ८३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ८४ जनाको कोरोना परीक्षण गर्दा उनीहरुममा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा ४ हजार ७ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा ५७ र ३ हजार १ सय ५० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर ४ हजार ७४६ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।
