समाचार

आजको मौसम सामान्यतया सफा रहने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागमा बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम...

सार्वजनिक स्थानमा राखिएको दलको झण्डा र चुनाव चिन्ह हटाउन निर्देशन

मकवानपुर । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, सरकारी कर्मचारी र पदाधिकारीहरुविरुद्ध परेको सूचना दर्ता बारेमा विभिन्न निर्णय गरेको छ । कार्यालयको नेतृत्वमा निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले चुनाव प्रचारप्रसारमा संलग्न रहेको भनी उजुरी सूचना रहका ११ जना कर्मचारीहरुले स्पष्टीकरण पेश गर्न भई जानीनजानी...

हेटौंडा–८ मा राम थापालाई अर्का स्वतन्त्र उम्मेदवार रोमबहादुरको समर्थन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को वडाध्यक्ष पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारलाई अर्का वडाध्यक्षका स्वतन्त्र उम्मेदवारले पनि समर्थन गरेका छन् । हेटौंडा–८ का स्वतन्त्र उम्मेदवार रोमबहादुर घतानी (सागर) ले कांग्रेसका उम्मेदवार राम थापालाई समर्थन गर्दै मत मागिरहेका हुन् । स्वतन्त्र रूपमा वडा अध्यक्षका उम्मेदवार बनेका सागरले...

सुनौलो रंगको कछुवासहित थापा पक्राउ

काठमाडौं । प्रहरीले सुनौलो रंगको कछुवासहित एक जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा काठमाडौं शंखरापुर साखु बस्ने कीर्तिपुर नगरपालिका वडा नम्वर ८ घर भएका २३ वर्षीय आशिष थापा घर्ती रहेका छन् । विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई काठमाडौंको...

कांग्रेसद्वारा बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई कारबाही

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट बागी उम्मेदवार दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकालाई समेत कारबाही गरेको छ । कांग्रेसले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थकलाई पनि पार्टीबाट निस्काशन...

स्थानीय चुनावका लागि मतपत्र छाप्ने काम सकियो

काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको छ । बिहीबार निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलन गरी मतपत्र छाप्ने काम सकिएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले भोलि बैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र...

थाहा नगरका मेयरले दिए पदबाट राजीनामा

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले पदबाट राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रबाट मेयर पदमा निर्वाचित भएको विष्टले बिहीबार दिउँसो उपमेयर खड्ग गोपालीसमक्ष राजीनामा बुझाएका हुन् । आसन्न निर्वाचनका लागि पार्टीको चुनाव प्रचारप्रसारमा लाग्न आचारसंहिता बाधक भएको भन्दै पदबाट राजीनामा दिएको नगर प्रमुख बिष्टले बताएका छन्...

हेटौंडा–११ मा सत्ता गठवन्धनको घरदैलो

मकवानपुर । स्थानीय निर्वाचनमा राजनीतिक दलहरु घरदैलो चुनावी अभियानमा छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ मा पनि सत्ता गठवन्धनले घरदैलो अभियान गरिरहेको छ । दलहरुले आ–आफ्नो पार्टीको नेतृत्वमा आएपछि गर्ने कामहरुको प्रतिवद्धतापत्र बोकेर घरदैलो अभियानमा छन् । हेटौंडा–११ मा गठबन्धनबाट नेकपा माओवादीका मधुकुमार थापा मगर (विशेष) को वडाध्यक्ष...

हेटौंडाका बानियाँसहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले चोरी गरेको मोटरसाइकल र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर भई हाल जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङ डेरा गरी बस्ने २६ वर्षीय अख्तर खान र हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० घर भई हेटौंडा–११ थानाभर्याङ बस्ने १९ वर्षीय आर्यान...

गठबन्धन विपरित मतदान गरे देश दुर्घटनामा जान्छ : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा  सत्तारुढ गठबन्धन विपरित मतदान गरे देश ठूलो दुर्घटनामा जाने बताएका छन् । अध्यक्ष प्रचण्डले बिहीबार चितवनको भरतपुरमा भएको पाँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकताले बनेको बताउँदै...