कांग्रेसद्वारा बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई कारबाही

तु खबर संवाददाता
२०७९ बैशाख २२, बिहीबार १८:४७

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट बागी उम्मेदवार दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकालाई समेत कारबाही गरेको छ । कांग्रेसले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थकलाई पनि पार्टीबाट निस्काशन गरिएको जनाएको छ ।

उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारको पक्षमा सक्रिय भएर लाग्न अनुरोध गर्दा पनि अटेरी गरेका कारण कारबाही गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति ।