समाचार

स्थानीय निर्वाचनका सन्दर्भमा सत्तारुढ गठबन्धनको चार निर्णय

काठमाडौं । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका सन्दर्भमा चार वटा निर्णय गरेको छ । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको गठबन्धनको बैठकले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढ्ने प्रतिवद्ध रहने निर्णय गरेको हो । गठबन्धनका साझा उम्मेदवारविरुद्ध गठबन्धनभित्रकै दलबाट दिएका उम्मेदवारी निष्क्रिय...

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४५३ जनामा गरिएको नमुना परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोही अवधिमा १७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने संक्रमणका...

आलमलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग अन्तर्गत थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई तत्काल गुनामुक्त नगर्न निर्देशन दिएको छ । अदालतले शुक्रबार उच्च अदालतकै निर्णयलाई सदर गर्दै उनलाई थुनामुक्त गरिरहन नपर्ने ठहर गरेको हो । न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त...

हतियारसहित तीन जना पक्राउ

दाङ । दाङ प्रहरीले अवैध हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको लमही नगरपालिका वडा नम्वर ३ टिकुलीगढस्थित जुनु वडी विल्डर्सबाट अवैध हतियारसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेमा लमही नगरपालिका ३ मझगाउँ स्थित फर्निचर तथा आह्रन सञ्चालन गरी बस्ने अन्दाजी...

मकवानपुरका मधु अधिकारीले त्यागे राप्रपा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका पूराना नेता मधु अधिकारीले पार्टी परित्याग गरेका छन् । आज शुक्रबार एक विज्ञप्ती जारी गर्दै पार्टी स्थापना कालदेखि ३२ वर्ष राप्रपामा लागिपरेका नेता अधिकारीले पार्टीमा अपमानित,अपहेलित भएर बस्न नसकिने भन्दै पार्टी छाडेका हुन् । राप्रपाको केन्द्रीय सदस्य, केन्द्रीय कार्य सम्पादन समिती सदस्य,...

मकवानपुरगढी: रातारात एमाले उम्मेदवारले बाँड्न लागेको टनेलको प्लास्टिक बरामद, बिथोलियो भतेर

मकवानपुर । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुबाटै आचारसंहिता उल्लंघनका घटना दिनप्रदिन बढिरहेको छ । विभिन्न पदका उम्मेदवारदेखि कर्मचारी, शिक्षक, सांसद् र बहालवाला मन्त्रीसम्म निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा संलग्न रहेको पाइएको छ । कर्मचारी र शिक्षकहरु दलको झण्डा बोकेर चुनावी प्रचारमा हिड्ने, सांसद् र बहालवाला मन्त्रीहरु चुनावी सभालाई सम्बोधन...

गोली र सालकको खपटासहित पक्राउ

काठमाडौं । काठमाडौँको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौँको टेकु बस्ने ५७ वर्षीय मण्डल गिरी छन् । गिरीलाई काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित कमलकुमार तोडीले सञ्चालन गरेको प्रिज्म ट्रेड लिङ्क गोदाम नजिकैको कोठाबाट गोली र सालकको खपटासहित...

घरमा आगलागी हुँदा वृद्धको मृत्यु

पाल्पा । पाल्पामा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नम्वर ४ का ७९ वर्षीय मानबहादुर सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार, सोमै घरमा एक्लै बस्दै आएका थिए । उनको घरमा गएराति करिब एक बजेतिर आगो...

जिप दुर्घटना हुँदा श्रेष्ठको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्वर ५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–३ का ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठ रहेका छन् । बिहीबार बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु १ च ७७८० नम्वरको जिप दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको...

मतपत्र ढुवानीको काम आज सकिने

काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र ढुवानीको काम आज सकिने भएको छ । आज शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मधेस प्रदेशका जिल्ला बाहेक सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको छ । आयोगले...