आलमलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग अन्तर्गत थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई तत्काल गुनामुक्त नगर्न निर्देशन दिएको छ । अदालतले शुक्रबार उच्च अदालतकै निर्णयलाई सदर गर्दै उनलाई थुनामुक्त गरिरहन नपर्ने ठहर गरेको हो ।
न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न नपर्ने ठहर गरेको हो । आलमलाई यसअघि उच्च अदालतले थुनामा पठाउन आदेश दिएको थियो । आलमले उच्च अदालतको उक्त आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सोही रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उनलाई तत्काल थुनामुक्त गर्न नपर्ने ठहर गरेको हो ।
