समाचार
‘सत्तारुढ गठबन्धनको जीत नै हेटौंडावासीको हित’
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर उम्मेदवार मीना लामा र उपमेयर उम्मेदवार राजेश बानियाँले समग्र परिवर्तन गर्न सत्तारुढ गठबन्धनलाई मतदान गर्न आग्रह गरेका छन् । शनिबार हेटौंडा–१ स्थित चौकीटोल क्षेत्रमा घरदैलो गर्दै मेयरका उम्मेदवार लामा र उपमेयरका उम्मेदवार बानियाँयले गठबन्धनको जीत नै हेटौंडावासीको हित भएको जीकिर गरेका हुन् । ‘परिवर्तनका...
चुनाव प्रचारप्रसारमा बालबालिको प्रयोग नगर्न आग्रह
मकवानपुर । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले निर्वाचन आचारसंहिताको सन्दर्भमा विभिन्न निर्णय गरेको छ । कार्यालयले यही बैशाख ३० हुने स्थानीय तह निर्वाचनको सन्र्दभमा चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ । कार्यालयको नेतृत्वमा निर्वाचन आचारसंहिता अनुगमन समितिको शनिबार बसेको बैठकले चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग हुन सक्ने अवस्थालाई...
थप १४ जना कोरोना संक्रमण पुष्टि
काठमाडौं । देशभर थप १४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७ सय १६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा एक हजार ४ सय २० जनाको पीसीआर...
भोजमा बोलाएर साथीको हत्या, एक जना पक्राउ
सप्तरी । साथीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी रूपनी गाउँपालिका–१ रूपनीचोक बस्ने ३८ वर्षीय मोनाजिर मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीले मियाँलाई पक्राउ गरी शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । मियाँलाई भारतबाट नेपाल प्रवेश गरेको विशेष...
गठबन्धनकी उम्मेदवारले प्रयोग गरेको गाडीमा आगजनी
काठमाडौँ । नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनको वीरेन्द्रनगर नगरपालिकाको उपमेयर पदकी उम्मेदवार शान्ति ढकालले प्रयोग गरेको बा १४ च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ६ को मुख्य बजार क्षेत्रस्थित सत्कार होटल अगाडि पार्किङ गरी राखेको गाडीमा शुक्रबार राति आगजनी...
हेटौंडा उपमहानगरः राप्रपा त्यागेका अधिकारीले लामालाई सघाउने, दिपक सिंहलाई धक्का
मकवानपुर । पार्टीमा अपमानित र अपहेलित हुनुपरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुराना नेता मधु अधिकारीले शुक्रबार पार्टी परित्यागको घोषणा गरे । आसन्न स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर दावी गरिरहेका अधिकारीलाई सुइँको नदिई केन्द्रले दिपकबहादुर सिंहलाई टिकट दिएपछि उनी असन्तुष्ट बनेका थिए । अधिकारीले राप्रपालाई मुलुकको राष्ट्रिय राजनीतिमा...
नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदका लागि लोगो र मस्कट सार्वजनिक गरेको छ । गण्डकी प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिताको लोगो र मस्कट शनिबार एक कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्रि महेश्वर गहतराज र राखेपका सदस्य सचिव टंकलाल घिसिङले संयुक्त सार्वजनिक गरेका हुन् । यस्तै, राष्ट्रिय...
मतदान केन्द्र भएको विद्यालयमा ३ दिन विदा
काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतदान केन्द्र तोकिएको विद्यालयमा ३ दिन विदा दिने निर्णय गरिएको छ । मतदान केन्द्र रहेका विद्यालयमा बैशाख २८ गतेदेखि ३० गतेसम्मका लागि अघिल्ला दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । निर्वाचन आयोगको अनुरोधअनुसार नेपाल सरकारको शिक्षा, विज्ञान...
स्थानीय तह निर्वाचन : २४ प्रतिशत मात्र युवा उम्मेदवार
काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचमा २४ प्रतिशत मात्र युवाहरुको उम्मेदवारी परेको छ । निर्वाचनमा कुल उम्मेदवारमध्ये २४ प्रतिशन युवाले उम्मेवारी दिएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । आयोगका अनुसार, निर्वाचनका लागि कुल १ लाख ४५ हजार १० जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये २१...
श्रीलंकामा फेरी आपतकाल घोषणा
काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आपतकाल घोषणा गरेका छन् । सरकार विरोधी प्रदर्शनहरु चर्किरहेका बेला राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् । सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको पनि उनका प्रवक्ताले बताए । देशको आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनहरूले राष्ट्रपतिको राजीनामा माग...










