नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

तु खबर संवाददाता
२०७९ बैशाख २४,शनिबार ०९:४७

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदका लागि लोगो र मस्कट सार्वजनिक गरेको छ । गण्डकी प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिताको लोगो र मस्कट शनिबार एक कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्रि महेश्वर गहतराज र राखेपका सदस्य सचिव टंकलाल घिसिङले संयुक्त सार्वजनिक गरेका हुन् ।

यस्तै, राष्ट्रिय खेलकुद परिषद्ले ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारासमेत सार्वजनिक गरेको छ । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन् । लोगो र मस्कट खुल्ला छनोट खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिएको हो । नवौं जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुनेछ । नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ ।