स्थानीय निर्वाचनका सन्दर्भमा सत्तारुढ गठबन्धनको चार निर्णय
काठमाडौं । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका सन्दर्भमा चार वटा निर्णय गरेको छ । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको गठबन्धनको बैठकले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढ्ने प्रतिवद्ध रहने निर्णय गरेको हो ।
गठबन्धनका साझा उम्मेदवारविरुद्ध गठबन्धनभित्रकै दलबाट दिएका उम्मेदवारी निष्क्रिय आवश्यक पहल गर्न नेतृत्व समक्ष गर्ने निर्णय गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले निर्वाचनका क्रममा गठबन्धन दलहरुबीच असमझदारी सिर्जन भए आपसी समन्वयमा समस्या तत्काल समाधान गर्न सचिवालय क्रियाशील रहने पनि निर्णय गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति ।

