थप १५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४५३ जनामा गरिएको नमुना परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, सोही अवधिमा १७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । नेपालमा हाल २१५ जना संक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ८४ हजार ६२१ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
