हेटौंडा–८ मा राम थापालाई अर्का स्वतन्त्र उम्मेदवार रोमबहादुरको समर्थन

तु खबर संवाददाता
२०७९ बैशाख २२, बिहीबार १९:०६

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को वडाध्यक्ष पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारलाई अर्का वडाध्यक्षका स्वतन्त्र उम्मेदवारले पनि समर्थन गरेका छन् । हेटौंडा–८ का स्वतन्त्र उम्मेदवार रोमबहादुर घतानी (सागर) ले कांग्रेसका उम्मेदवार राम थापालाई समर्थन गर्दै मत मागिरहेका हुन् ।

स्वतन्त्र रूपमा वडा अध्यक्षका उम्मेदवार बनेका सागरले कांग्रेसका वडाध्यक्षका उम्मेदवार थापालाई भोट मागिरहेका छन् । रामबहादुर घतानी (सागर) ले नेपाली कांग्रेस नेतृत्व गठबन्धनका वडाध्यक्षका साझा उम्मेदवार राम थापालाई तन, मन, बचनले सहयोग गर्ने निर्णय गरेको बताएका छन् ।

यसअघि कमल थापा नेतृत्वको राप्रपा नेपालका अर्जुन ढुङ्गानाले पनि थापालाई समर्थन गर्ने बताइसकेका छन् । वडा नम्वर ८ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, जसपा संयुक्त रुपमा चुनावी मैदानमा रहेका छन् भने एमाले एकल चुनावी मैदानमा होमिएको छ।