सुनौलो रंगको कछुवासहित थापा पक्राउ

तु खबर संवाददाता
२०७९ बैशाख २२, बिहीबार १८:५५

काठमाडौं । प्रहरीले सुनौलो रंगको कछुवासहित एक जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा काठमाडौं शंखरापुर साखु बस्ने कीर्तिपुर नगरपालिका वडा नम्वर ८ घर भएका २३ वर्षीय आशिष थापा घर्ती रहेका छन् ।

विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई काठमाडौंको चाबहिलस्थित खोटाङ हलेसी गेष्ठ हाउसबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।