थाहा नगरका मेयरले दिए पदबाट राजीनामा

तु खबर संवाददाता
२०७९ बैशाख २२, बिहीबार १८:२८

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले पदबाट राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रबाट मेयर पदमा निर्वाचित भएको विष्टले बिहीबार दिउँसो उपमेयर खड्ग गोपालीसमक्ष राजीनामा बुझाएका हुन् । आसन्न निर्वाचनका लागि पार्टीको चुनाव प्रचारप्रसारमा लाग्न आचारसंहिता बाधक भएको भन्दै पदबाट राजीनामा दिएको नगर प्रमुख बिष्टले बताएका छन् ।

उम्मेदवारी नदिएका विष्टले आफ्नो पार्टीका उम्मेदवार जिताउन राजीनामा दिएर चुनाव प्रचारमा खटिने बताएको छ । यसअघि निर्वाचनमा मेयरमा माओवादीबाट विष्ट र उपमेयरमा कांग्रेसका खड्गबहादुर गोपाली निर्वाचित भएका थिए । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा माओवादी र कांग्रेसबीच चुनावी तालमेल छ । माओवादीबाट मेयरमा विष्णु विष्ट र कांग्रेसबाट उपमेयरमा भरत गोपाली उम्मेदवार छन् ।