समाचार
मकवानपुरका पुडासैनीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मकवानपुर । निर्वाचन आयोगले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं.४ स्थिच पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक ऋषि पुडासैनीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरित पुडासैनीले राजनीतिक दलको सभा, सम्मेलन तथा जुलुश र प्रचार–प्रसारमा सहभागी भएको भन्ने उजुरी परेको हुँदा आयोगले बिहीबार स्पष्टीकरण सोधिएको हो । ‘तपाईंले राजनीतिक दलको निर्वाचन प्रचारप्रसार...
हेटौंडामा फेला परेको शंकास्पद वस्तु डिस्पोज
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार बिहान फेला परेको शंकास्पद वस्तुलाई डिस्पोज गरिएको छ । हेटौंडा–१०, राप्तीपुल नजिकै प्रेसर कुकरसहित फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । फेला परेको शंकास्पद वस्तुमा कुनै पनि विस्फोटक पदार्थ नभेटिएको जिल्ला...
देशभर थप ८ जनामा संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ८ जनामा कोरोना भधाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७७८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो समयावधिमा १ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन...
काठमाडौंको दुई स्थानमा शंकास्पद वस्तु फेला
काठमाडौं । काठमाडौंको दुई छुट्टाछुट्टै स्थानमा शुक्रबार बिहान शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको बूढानीलकण्ठ र हाँडीगाउँस्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको हो । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको छ । यस्तै बूढानीलकण्ठस्थित स्पेशल चोक...
देशभर मदिरा बिक्रीवितरण तथा सेवनमा रोक
काठमाडौं । सरकारले आम निर्वाचनका लागि मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले बिहीबार मध्यरातिबाट मदिरा बिक्रीमा रोक लगाएको हो । यही मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार–प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री...
बकैयाको वएब सफर ईन्टरनेटको अफिसमा आगोलागी
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ हात्तिसुडेस्थित वएब सफर ईन्टरनेटको अफिसमा बिहीबार आगोलागी भएको छ । हात्तिसुडेस्थित सोमबहादुर न्यासुरको घर भाडामा लिई जयराम खतिवडाले संचालन गरेको उक्त अफिसमा ब्याट्री सट भई आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त आगोलागीबाट ब्याट्री, अफिस कोठाको समान गरी...
मौन अवधिमा प्रचार गरे २५ हजार जरीवाना
काठमाडौँ । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भइसकेको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था...
आजको मौसम : हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले प्रदेश १, बागमती प्रदेश र गाण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतः सफा रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको...
थप ५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २५२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोही समयमा २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल ४५३ जना...
जुम्ला जीप दुर्घटना अपडेट : घाइतेको संख्या ६ पुग्यो
जुम्ला । जुम्लाको खलङ्गादेखि तातोपानी–८ स्थित जनजागृति मावि ताम्ती मतदान केन्द्रतिर निर्वाचन सामग्री बोकेर जाँदै गरेको बोलेरो जीप दुर्घटनामा परेर घाइते हुनेको संख्या ६ पुगेको छ । भे १ च २१८८ नम्वरको जीप तातोपानी ४ रावतबाडामा एक्कासि अनियन्त्रित भई दुर्घटना हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले...







