समाचार
जिल्ला प्रशासन कार्यालय मकवानपुर : आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । मंसिर ४ गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत यस कार्यालयमा कार्यरत कर्मचारीहरू समेत मतदान केन्द्रमा खटिने भएको हुँदा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा आजबाट बन्द गरिने भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले...
आज एक–दुई स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, बिहीबार प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा...
९० म्यादी प्रहरी कारबाहीमा
काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवम् प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार, यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् । “आचारसंहिता विपरित काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो”, उनले भने,...
आज रातिदेखि स्थिर समय सुरु हुँदै
काठमाडौं । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज रातिदेखि स्थिर समय सुरु हुँदैछ । आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ । यसअघि निर्वाचको समयमा प्रचार–प्रसार गर्न नपाइने समयलाई मौन अवधि भनिन्थ्यो । यसपटक भने आयोगले यो...
‘राष्ट्रिय समस्याको समाधान र देश विकास गर्नको लागि ओलीको नेतृत्व आवश्यक’
चितवन । नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले राष्ट्रिय समस्याको समाधान र देश विकास गर्नको लागि नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको आवश्यक रहेको बताएका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसार कार्यक्रम अन्तरगत बुधबार परिवार दलद्वारा...
हेटौंडाको एक ग्यारेजमा आगोलागी
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ सृजना पथस्थित श्रेष्ठ कन्ट्रक्सनको सवारी पार्किङ ग्यारेजमा बुधबार आगोलागी भएको छ । बुधबारर साँझ ८ बजेको समयमा अशोक श्रेष्ठले संचालन गरेको उक्त ग्यारेजमा अचानक आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक...
बच्चाको हत्या गरेको आरोपमा आमा पक्राउ
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हेलम्बु गाउँपालिका–५ कल्लेरी बस्ने २२ वर्षीया रबिना तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मंगलबार राति साढे ८ बजे रबिनाले छोरालाई जन्माएपछि घाँटी थिचेर हत्या गरेको हो । हत्यापछि घरभन्दा ५०...
गरिब निमुखा जनताको पक्षमा गठबन्धन उभिन्छ : बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले लोकतान्त्रिक बाम गठबन्धन मुलुकमा विकास र समृद्धिको लागि आवश्यक भएको भन्दै गठबन्धन सधैं गरिब निमुखा जनताको पक्षमा उभिने बताएका छन् । बुधबार कैलाश गाउँपालिका ६ नम्वर वडाको पकनीमा भएको चुनावी...
निर्वाचन आयोगद्वारा मेहताको उम्मेदवारी खारेज
काठमाडौं । निर्वाचन आयोगले लोसपाका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ । आयोगले बुधबार मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. ४ (२) मा लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज गरेको हो । प्रदेशसभा सदस्य निर्वाचन ऐन...
निर्वाचन पर्यवेक्षणमा ४६ संस्था खटिँदै
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन् । त्यस्तै, विभिन्न छ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लागेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका उपसचिव कमल भट्टराईका अनुसार, भारत, बङ्गलादेश, भूटान, माल्दिभ्स, श्रीलङ्का र...








