१५८०० गणना गर्दा पुलामी २१६६ मतले अगाडि
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ को (क) मा १५ हजार ८०० मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनका प्रेमबहादुर पुलामीले सबैभन्दा बढी मत पाएका छन् ।
पुलामीले ६ हजार ९८७ मत ल्याउँदा नेकपा एमालेका कमलबहादुर विष्टले ४ हजार ८२१ मत पाएका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सागर थापाले २ हजार ८ सय ९२ मत पाएका छन् । ६०७ मत भने बदर भएको छ । मतगणना जारी रहेको छ ।
