मकवानपुरमा मोक्तान र पुलामीले पाए टिकट

तु खबर संवाददाता
२०७९ आश्विन २२, शनिबार १४:०७

मकवानपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले मकवानपुरमा उम्मेदवार तय गरेको छ ।

गठबन्धनमा मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्वर १ को (क) र प्रतिनिधि सभा क्षेत्र नम्वर २ को (क) माओवादीको भागमा परेको थियो । यी दुवै क्षेत्रमा माओवादीले उम्मेदवार तय गरेको हो ।

क्षेत्र नम्वर १ को (क) मा प्रेमबहादुर पुलामीले टिकट पाएका छन् भने क्षेत्र नम्वर २ को (क) बाट कुमारी मोक्तानले टिकट पाएकी छिन् ।

अघिल्लो निर्वाचनमा उनीहरु अहिले तय भएको क्षेत्रबाटै निर्वाचित भएका थिए ।