जनताको समस्या समाधान गर्छौँः छिन्तु

हेटौंडा । मकवानपुर क्षेत्र नम्वर–१ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुले आफु सदैव जनताको समस्या समाधान गर्न लागि परेको बताउँदै आगामी दिनमा पनि सोही कार्यमा लागिपर्ने बताएका छन् ।
बकैया गाउँपालिका वडा नम्वर–६ स्थित गडुवन र गबरस्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बागमती प्रदेशमा गठबन्धनको सरकार बनेपछि सो क्षेत्रका विपन्न समूदायको हितका कार्यक्रम अघि सार्नुको साथै पूर्वाधार विकासका कामलाई प्राथमिकता दिइने बताए ।
छिन्तुले गाँस –बाँस छिन्नेहरुलाई जनतासंग भोट माग्ने अधिकार नरहेको भन्दै एमाले जनहित विपरितका गतिविधिमा सक्रिय रहेको बताए ।
गठबन्धनका प्रचारप्रसार संयोजक धन बहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा गठबन्धनका विभिन्न दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।