मेरो उम्मेदवारी भत्ता खान होइन, सेवा गर्न होः दिपक सिंह

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मकवानपुर क्षेत्र नम्वर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दिपकबहादुर सिंहले सांसद् भएपछि जनताको सेवा गर्ने बताएका छन् ।
हेटौंडा ४ र ८ नम्वर वडाको चुनावी सभालाई सम्बोधन गर्दै सिंहले आफु भत्ता खान र मन्त्रि बन्ने उद्देश्यले नभई जनताको सेवाको निम्ति चुनावी मैदानमा होमिएको बताए ।
राप्रपा केन्द्रीय सदस्यसमेत रहेका उनले पार्टीमा अनेक संकट आउँदा चट्टान बनेर उभिएको र हेटौंडाको विकासको निमित्त सँधै आवाज उठाउँदै आएको बताए । उनले मतदाता शिक्षा दिन कार्यकर्ताहरुलाई आग्रह गरे ।
यसपटक चुनाव जित्ने धेरै आधारहरु भएको भन्दै जनताले विश्वास गरे आफु निर्वाचित हुने अवस्था रहेको बताए । आफुले चुनाव जितेर गएको अवस्थामा जनताको हितको लागि कानून बनाउन पहल गर्ने , युवा र विद्यार्थीहरुको विषयमा आवाज उठाउँने र मकवानपुरको विकासमा आहोरात्र खट्ने समेत सिंहले दाबी गरे ।