प्रेमबहादुर पुलामीको अग्रता कायमै

तु खबर संवाददाता
२०७९ मंसिर ६, मंगलवार १०:१६

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ को प्रदेशसभा (क) को ताजा मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म १२ हजार २ मत गणना गर्दा नेकपा एमालेका कमल बहादुर विष्टले ३ हजार ६६५ मत पाएका छन् ।

त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनका प्रेमबहादुर पुलामीले ५ हजार ४ मत ल्याएका छन् । पुलामीले विष्टलाई पछि पारेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सागर थापाले २ हजार ४३३ मत पाएका छन् भने ४९० मत बदर भएको छ ।