समानुपातिकतर्फको मतगणना जारी : कुन दलको कति मत कट्यो ?

तु खबर संवाददाता
२०७९ मंसिर १३,मंगलवार ०८:३१

काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ  मतगणना जारी छ । मंगलबार बिहानसम्म कुल ९४ लाख ९१ हजार ६२२ मतगणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ ।

एमालेले २५ लाख ७० हजार १४२ मत प्राप्त गरी पहिलो स्थान कायमै राखेको छ । यस्तै, नेपाली कांग्रेस २४ लाख ३८ हजार ११ मतसहित दोस्रो स्थान, नेकपा माओवादी केन्द्र १० लाख ९२ हजार ५३६ मतसहित तेस्रो स्थानमा रहेको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार १५५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४९ हजार ७७ मत, जनता समाजवादी पार्टी, नेपालले ३ लाख ४३ हजार ९६३ मत, जनमत पार्टीले २ लाख ८७ हजार ५०५ र नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ६२ हजार ७५७ मत, नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार १७९ मत र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३० हजार ४५६ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन् ।