समानुपातिकतर्फ मकवानपुरमा पनि एमालेको अग्रता

तु खबर संवाददाता
२०७९ मंसिर ९,शुक्रबार ०९:१३

मकवानपुर । मकवानपुरमा पनि समानुपातिकतर्फ नेकपा एमालेले अग्रता लिएको छ । देशभरको समग्र समानुपातिक मत परिणाममा अग्रता लिइरहेको एमालेले मकवानपुरमा पनि अग्रता लिएको हो ।

मकवानपुर क्षेत्र नं. २ को पछिल्लो मतपरिणाम अनुसार, एमाले २८ हजार २९६ मतसहित पहिलो स्थानमा, नेपाली कांग्रेस २१ हजार ५११ मतसहित दोस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी, माओवादी केन्द्रले १२ हजार ९९५, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार २८२, राप्रपाले ३ हजार २९ र एकीकृत समाजवादीले २ हजार ५८० मत पाएका छन् । उक्त क्षेत्रमा ८६ हजार ३३८ मतगणना भएको छ ।

त्यस्तै, मकवानपुर क्षेत्र नं. १ मा समानुपातिक तर्फको पछिल्लो मतपरिणाम अनुसार, मकवनपुर १ मा एमालेले ११ हजार ३१० मत, माओवादी केन्द्रले १० हजार ७३९ मत, नेपाली कांग्रेसले ७ हजार ६०५ मत, राप्रपाले ४ हजार ६४६ मत, एकीकृत समाजवादीले २९८ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ४२ हजार ४८० मतगण्ना भएको छ ।

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ समानुपातिकतर्फको अपडेट :

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ समानुपातिकतर्फको अपडेट :