दोलखामा माओवादीका कार्की अगाडि
![](https://www.tukhabar.com/wp-content/uploads/2018/02/Mawowadi_Tukhabar-e1620132141264.png)
काठमाडौं । दोलखामा बिहीबार बेलुका ९ बजेबाट सुरु भएको मतगणना जारी छ । दोलखाको गौरीशङ्कर क्याम्पसमा जारी मत गणनामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले अग्रता लिएका छन् ।
कार्कीले १६५४ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीको मत ९११ छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ११८ मत पाउँदा राप्रपाका विजय खड्काले ५२ मत प्राप्त गरेका छन् ।