तनहुँ १ मा रामचन्द्र पौडेल पछि परे
तनहुँ । तनहुँ क्षेत्र नम्वर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन् । ९ हजार ७५६ मत गणना हुँदा कांग्रेस नेता पौडेलले ३ हजार २१० मत पाएका छन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १३२ मत अन्तरले पछि पारेका हुन् । रानाले ३ हजार ३४२ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १ हजार २९० र राप्रपाका विनोद कुमार घर्तीले ५२२ मत प्राप्त गरेका छन् ।
