स्वास्थ्य बीमा प्रणाली एकीकृत गरी उपचारको दायरा बढाइने, बीमा बोर्डको पुनर्संरचना गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा प्रणाली एकीकृत गरी उपचारको दायरा बढाइने बताएका छन् । शुक्रबार संसदका दुवै सदनलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले स्वास्थ्य बीमालाई प्रभावकारी बनाइ गम्भिर खालका रोगलाई समेत बीमाले उपचार गराउने गरी सुविधा थैली परिमार्जित गरीने बताए । यसले आम नागरीकहरुलाई विभिन्न घातक रोग उपचारको लागि सहजता हुने समेत उनले बताए ।
‘बीमा सेवाको सुशासन र वित्तीय स्थायित्वको लागि स्वास्थ्य बीमा बोर्डको पुनर्संरचना गरीने छ । बीमा प्रणालीमाथीको व्ययभार कम गर्न सरकारद्वारा उपलब्ध गराइने अत्यवाश्यक औषधिहरु बीमामा जोडिने छ ।’ राष्ट्रपति पौडेलले भने ।