बाढीपीडितको राहतका लागि धितोपत्र बोर्डद्वारा ४ करोड ११ रुपैयाँ सहयोग

तु खबर संवाददाता
२०८३ भाद्र ३०, मंगलवार १८:१३

नेपाल धितोपत्र बोर्डले भदौ १० गते भोटेकोशी नदीमा आएको अकस्मात् भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी आसपासका क्षेत्रमा राहत तथा उद्धारका लागि ४ करोड ११ रुपैयाँ सहयोग गरेको छ।

बाढीबाट ठूलो जनधनको क्षति भएपछि बोर्डले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो।

सहयोग रकम बराबरको चेक नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले भदौ ३० गते बोर्डका सञ्चालक तथा उच्चपदस्थ कर्मचारीहरूको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।