१६८४९ मत गणना गर्दा डिनाले अग्रता बढाइन्
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा लोकतान्त्रिक बाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छिन् ।
उनले सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका कमल थापालाई २ हजार ४७२ मतले पछि पारेकी छिन् ।
सो क्षेत्रमा कुल १६ हजर ८४९ मत गणना भएको छ । डिनाले ७ हजार ५८० मत पाएकी छिन् भने थापाले ५ हजार १०८ मत ल्याएका छन् ।
त्यस्तै राप्रपाका दिपक बहादुर सिंह तेस्रो स्थानमा रहेका छन् । उनले २ हजार ३७७ मतसहित थापालाई पछ्याइरहेका छन् ।
