कांग्रेस सहमहामन्त्री डीनाको निर्वाचन खर्च २८ लाख ५७ हजार
मकवानपुर । गत मंसिरमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट मकवानपुरको क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका नेताहरु महालक्ष्मी उपाध्यायले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय मकवानपुर मार्फत निर्वाचन आयोगमा बुझाएको खर्च विवरण बुझाएकी हुन् । मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकी कांग्रेस केन्द्रीय सहमहामन्त्री डीनाले २८ लाख ५७ हजार ४२८ रुपैयाँ खर्च गरेकी छिन् ।
उनले सार्वजनिक गरेको खर्च विवरणमा वडा कार्यालय सञ्चालनमा २० लाख, सचिवालय सञ्चालन खर्च ६ लाख २ हजार ८७८ रुपैयाँ कार्यालय घरभाडा खर्च एकलाख ५ हजार, खाजा नास्ता खर्च ६७ हजार ५० रुपैयाँ र इन्धनमा ८२ हजार ५ सय रुपैयाँ खर्च भएको उल्लेख गरेकी छन् ।
