समाचार
नक्कली मतपत्रसहित भारतीय नागरिक पक्राउ
वीरगञ्ज । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ल्याएको नक्कली मतपत्रसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर भारतबाट मतपत्र नेपाल ल्याउँदै गरेको १५ हजार मतपतसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको पश्चिम...
बानियाँको राजनीतिक यात्रा : विगतदेखि वर्तमानसम्म
मकवानपुर । ईन्द्रबहादुर बानियाँ मकवानपुरे राजनीतिमा एउटा चर्चित नाम हो । कम्युनिष्टको लाल किल्ला भनिने मकवानपुरमा २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्वर १ मा निर्वाचित भएर उनले इतिहास रचेका थिए । त्यतिबेला उनले नेकपा एमालेका अणराज जर्घा मगरलाई पराजित गर्दै संविधानसभा सदस्य बनेका थिए ।...
मकवानपुरमा डेंगु संक्रमितको संख्या ५६४८ पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ६४८ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ८२ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ६४८ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि बुधबारसम्मको हो । जसमा...
बिए पहिलो वर्षको नतिजा सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह मानविकी तथा सामाजिकशास्त्र संकायको (चार वर्षे) प्रथम वर्ष २०७७ को नतिजा सार्वजनिक गरेको छ । लामो समयदेखि रोकिएको नतिजा त्रि.विले मंगलबार सार्वजनिक गरेको हो । नतिजा हेर्न परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट https://www.tuexam.edu.np/ मार्फत हेर्न सकिन्छ । परीक्षा नियन्त्रकले नतिजा प्रकाशित गरेपछि एक सूचना...
आगलागीमा परेर युवतीको मृत्यु
काठमाडौं । भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान पौने ८ बजे मध्यपुरठिमी नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोलमा ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । मृत्यु हुनेमा आत्मारामकी २५ वर्षीया...
दोलखाको सदरमुकाम चरिकोटमा विष्फोट
दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा विष्फोटको आवाज सुनिएको छ । जिल्लाको भीमेश्वर नगरपालिका–३ स्थित सातदोबाटोमा विष्फोटको आवाज आएपछि घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ । सातदोबाटोस्थित फोहोर फाल्ने ठाउँमा विष्फोटको आवाज सुनिएको दोलखा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।
बुधबार नेप्से परिसूचक १३ अंकले बढ्यो
काठमाडौं । उतारचढावकाबीच बुधबार शेयर बजारमा सामान्य अंकको बृद्धि भएको छ । आज नेप्से परिसूचक १३.४० अंकले बढ्दा १९११.२६ को विन्दुमा कायम भएको छ । मंगलबार नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७ विन्दुमा कायम हुन पुगेको थियो । नेप्सेमा सूचीकृत २३२ कम्पनीको २४ लाख ९५ हजार ६१२ कित्ता शेयर...
कांग्रेस मकवानपुरद्वारा १६ जनालाई कारबाही
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले १६ जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेस मकवानपुरको जिल्ला अनुशासन समितिले मंगलबार आसन्न प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र राजनैतिक शक्ति पार्टीका उम्मेदवारसहित अन्यलाई कारबाही गरेको हो । पार्टी कार्यालयमा मंगलबार पत्रकार सम्मेलनको आयोजना...
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
बर्दिया । बर्दियामा लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–५ बस्ने छोटेलाल थारू रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत बर्दियाको २०७९ कात्तिक २५ गतेको फैसलाले लेनदेन मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला...
बैंकको साधारणसभा स्थगन गर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकलाई साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुनुका साथै सार्वजनिक शान्ति र सु–व्यवस्थामा समेत खलल पर्नसक्ने भएकाले आयोगले साधारणसभा स्थपगत गर्न निर्देशन दिएको हो । आयोगले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका...








