राप्रपाले खोल्यो खाता : काठमाडौं – २ ‘क’ मा सुनील केसी विजयी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सभा विजयको खाता खोलेको छ । काठमाठौं क्षेत्र नं. २ प्रदेश ‘क’ मा राप्रपाका सुनील केसी विजयी भएका छन् ।
केसी ६ हजार ५९८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका सानुकुमार श्रेष्ठले ५ हजार ७९ मत पाएका छन् । केसीले १ हजार ५१९ मत अन्तरले जित निकालेका हुन् ।
