झापा–५ मा एमाले अध्यक्ष ओली अगाडि

तु खबर संवाददाता
२०७९ मंसिर ६, मंगलवार १४:३९
file-photo

दमक । झापा क्षेत्र नम्वर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रतालाई फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार, उनी ६ हजार ५५५ मतसहित अघि रहेका छन् ।

ओलीले १५ हजार ५१० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारीले ८ हजार ९५५ मत ल्याएर पछ्याइरहेका छन् ।