मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर २ तिनघरेस्थित जनबन सामुदायिक जंगलको भिरबाट लडेर मृत्यु भएको अवस्थामा आज बिहान एक जनाको शव फेला परेको छ ।
उक्त शव स्थानीय अन्दाजी ३१ वर्षीय दिपक भोलन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
