मकवानपुर २(क) मा ढकालको अग्रता कायमै, कुमारी मोक्तानलाई हम्मेहम्मे
हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–२ को प्रदेशसभा (क) मा नेकपा एमालेका विष्णुप्रसाद ढकालले अग्रता कायमै राखेका छन् ।
हालसम्म कूल १५ हजार १३५ मत गणना भएको छ । जसमा एमालेका ढकालले ६ हजार ७३७ मत पाएका छन् । त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनकी कुमारी मोक्तानले ६ हजार ४४७ मत पाएकी छिन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका रामबहादुर घलेले १ हजार ५२ मत पाएका छन् भने ५०३ मत बदर भएको छ । मतगणना जारी रहेको छ ।
