गठबन्धनलाई भोट नहाले ५ वर्ष दुःख पाईन्छ : मोक्तान
मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्वर २ ‘क’ की प्रदेश सभा सदस्य पदकी उम्मेदवार कुमारी मोक्तानले लोकतान्त्रिक बाम गठबन्धनलाई भोट नदिए जनताले ५ वर्ष दुःख पाउँने बताएकी छन् ।
उनले बधबार मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–१, नयाँ गाउँमा आयोजित चुनावी कोणसभामा बोल्दै गठबन्धनलाई अमुल्य भोट दिएर विकास र समृद्धीका पक्षमा साथ दिन आग्रह गरेकी हुन् ।
‘देखेर बुझेपछि मात्र काम गर्ने हो, त्यसैले आज म गाउँको अवस्था बुझ्न गाउँ–गाउँमा पुगिराखेको छु,’ उनले भनिन्, ‘गठबन्धनलाई भोट हाल्न चुक्नुभयो भने ५ वर्ष दुःख तपाईं हामीले पाउँछौ, विकास हुन सक्दैन ।’
बागमती प्रदेशकी सामाजिक विकास मन्त्री एवम् नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य रहेका उनले आफ्नो राजनितीको मुख्य उद्देश्य नै गरीब निमुखाको जीवनस्तर उकास्नु रहेको भन्दै देश र जनताप्रति सदैव क्रियाशील रहने बताइन् ।
