जनताको सेवा गर्न अमुल्य मत दिनोस्ः मोक्तान
मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्वर २ ‘क’ की लोकतान्त्रिक बाम गठबन्धनकी साझा प्रदेश सभा सदस्य उम्मेदवार एवम् नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य कुमारी मोक्तानले आफुलाई जनताको सेवा गर्न अमुल्य मत दिन आग्रह गरेकी छन् ।
उत्तरी मकवानपुरको थाहा नगरपालिकामा लोकतान्त्रिक बाम गठबन्धनको चुनावी कोणसभा र घरदैलो अभियानमा उनले आफुले पाएको मतको उच्च सम्मान गर्दै जनताकै सेवामा समर्पित हुनेमा ढुक्क हुन अनुरोध गरिन् ।
‘यसअघि पाएको मतको कदर गर्दै तपाईहरुको गाउँटोलमा सक्दो धेरै विकास, निर्माणको काममा बजेट ल्याएकै थिए,’ उनले भनिन्,‘मलाई फेरी अमुल्य मत दिनुस्, अझै धेरै विकास निर्माणको लागि बजेट ल्याउन र स्थानीय समस्या समाधान गर्न भुमिका खेल्नेछु ।’
चुनावका बेला भोट पाउँन झुटो कुरा र आश्वासन दिने धेरै रहेकाले सचेत रहनुपर्ने भन्दै विकास, समृद्धी र सुशासनका लागि लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउँनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य तथा मकवानपुर क्षेत्र नम्वर २ निर्वाचन परिचालन संयोजक लवशेर विष्ट, नेकपा एकीकृत समाजवादीका नेता ईश्वरलाल रुम्बा, नेपाली काँग्रेस थाहा नगर सभापती प्रमोद जोशी लगायतले मनतव्य व्यक्त गरेका थिए ।
सोमबार थाहा नगरपालिका वडा नम्बर १ को खानीगाउँमा चुनाबी कोणसभा तथा थाहा ११ को क्यान्टिन डाँडा, भन्ज्याङडाँडा, मलागिरी, ठाडे, जाग दह, डाडीघाट र थाहा १२ को जगडाँडा, आदमारा लिति, नौखण्डे, दोबान खोला÷गैरीगाउँमा घरदैलो गरिएको थियो ।
