समाचार

जबरजस्ती करणी तथा गर्भ पतन मुद्दाका फरार प्रतिवादी पक्राउ

बारा । जबरजस्ती करणी तथा गर्भ पतन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले प्रसौनी गाउँपालिका–५ बेलहिया टोल बस्ने २५ वर्षीय श्याम सुन्दर साह तेलीलाई सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार, श्यामले १७ वर्षीया बालिकालाई ललाई फकाई पटक–पटक जबरजस्ती करणी गर्नुका साथै पीडितको जबरजस्ती गर्भपतन समेत गराएको...

चार दिन रेल नचल्ने

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि चार दिन रेल सेवा बन्द हुने भएको छ । बिहीबारदेखि मंसिर ४ गतेसम्म रेल सेवा सञ्चालन नहुने केन्द्रीय कार्यालयका प्रबन्ध संचालक निरन्जनकुमार झाले जानकारी दिए। उनका अनुसार, सोमबारबाट भने नियमित समयमा रेल सञ्चालनमा आउनेछ ।...

मतदान केन्द्र जाँदै गरेको जीप दुर्घटना हुँदा ३ जना घाइते

जुम्ला । जुम्लामा मतदान केन्द्रतिर जाँदै गरेको कर्मचारी चढेको गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको तिला गाउँपालिका–४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्र जाँदै गरेको भे १ च २१८८ नम्वरको जीप दुर्घटना हुँदा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । घाइते हुनेमा...

बागमती प्रदेशमा ३४ लाख ७१ हजारले मतदान गर्ने

मकवानपुर । बागमती प्रदेशमा यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनमा कुल ३४ लाख ७१ हजार ७ सय ९२ मतदाताले मतदान गर्ने भएका छन् । तीमध्ये महिला १७ लाख ३७ हजार ३ सय ७८ र पुरुष १७ लाख ३८ हजार ८७ मतदाता रहेको...

मकवानपुरमा डेंगु संक्रमितको संख्या ५६६२ पुग्यो

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ६६२ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप १४ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ६६२ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि बिहीबारसम्मको हो । जसमा...

हेटौंडाका लामा प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङ बस्ने २४ वर्षीय सुमन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, लामालाई लागूऔषध नुरफिन २० एम्पुल,...

शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । आज साता कारोबारको अन्तिम शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । चुनाव नजिकिएसँगै आज नेप्से परिसूचक २५.५७ अंकले बढेर १९३६ विन्दुमा कायम हुन पुगेको छ । यसअघि बुधबार नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७ विन्दुमा कायम हुन पुगेको थियो । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ४३ लाख...

निर्वाचन आयोगले सोध्यो माओवादी केन्द्र चितवनलाई स्पष्टीकरण

चितवन । निर्वाचन आयोगले माओवादी केन्द्र चितवनसँग स्पष्टीकरणको माग राखेको छ । आयोगले कात्तिक २९ मा भएको जन प्रदर्शनमा सहभागीलाई खाना खुवाइएको खर्चको बिलको प्रमाणित प्रति उपलब्ध गराउन पनि माओवादी चितवनका अध्यक्ष र होटल रोयल सेन्चुरीलाई निर्देशन दिएको छ। माओवादी चितवनका अध्यक्षले सामाजिक सञ्जालमा कात्तिक २९ मा ‘बिहान ८...

निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछ । आयोगले आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको स्थिर समय सुरु हुनुअघि पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो । स्थिर समय आज राति १२ बजेदेखि सुरु हुने भएको छ । यस समयमा चुनावी प्रचार–प्रसार गर्न पाइँदैन...

८२ लाख ठगेर फरार ज्वेलर्स संचालक प्रहरीको फन्दामा

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ८२ लाख भन्दा बढी रकम ठगी गरेर फरार भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुन्दरहरैँचामा रहेको कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मा रहेका छन् । उनीहरुमाथि सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत...