समानुपातिकतर्फ एक लाख मत कटाउने पहिलो दल बन्यो एमाले

तु खबर संवाददाता
२०७९ मंसिर ६, मंगलवार १७:३९
file-photo

काठमाडौं । प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत एक लाख मत कटाउनेमा नेकपा एमालेले पहिलो दल बनेको छ । प्रारम्भिक मत परिणाम अनुसार, एमालेले अहिलेसम्म प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ एक लाख एक हजार ६६५ मत प्राप्त गरेको छ ।

यस्तै, दोस्रोमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले अहिलेसम्म ८७ हजार २२५ मत पाएको छ । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले ४६ हजार ३५२ मतसहित तेस्रो, नेकपा माओवादी केन्द्र ३८ हजार २८८ मतसहित चौथो, राप्रपाले २५ हजार ९९८ मतसहित पाँचौं स्थान हासिल गरेका छन् ।

यस्तै, जसपा नेपालले ८ हजार १३४, जनमत पार्टीले ७ हजार ४६२, नागरिक उन्मुक्ति पार्टीले ५ हजार ४७६ मत पाएको छ । यसैगरी नेपाल मजदुर किसान पार्टीले ५ हजार ४३४, नेकपा एकीकृत समाजवादीले ५ हजार ८३ मत पाएको छ ।